×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उन्नति सहकार्य लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

उन्नति सहकार्य लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने

Artha Sarokar

२१ कार्तिक २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा आज (कात्तिक २१) गतेदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न जारी गरेको एफपीओमा आज (कात्तिक २१) गतेदेखि आवेदन दिन सकिने भएको हो । 

साविकको उन्नति लघुवित्त र सहकार्य लघुवित्तबीचको मर्जर तथा एक्विजिसनपछि कम्पनीको पूँजी संरचना संस्थापक समूहको ७५४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत रहेको थियो । सोही पूँजी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम ३० प्रतिशत पुर्याउन लघुवित्तले एफपीओ जारी गरेको हो । 

लघुवित्तले १ करोड ७८ लाख ४५ हजार १ सय १८ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले १ लाख ७८ हजार ४५१.१८ कित्ता सेयर निष्कासन गरेको हो । लघुवित्तले जारी गरेको एफपीओमा कात्तिक २४ गतेसम्म आवेदन दिन सकिनेछ । लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

उक्त एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । एफपीओ निष्कासनका लागि क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले लघुवित्तलाई इक्रा एनपी इस्युअर रेटिङ बी प्लस प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी