Skip to content
LAXMI SUNRISE BANK

उन्नति सहकार्य लघुवित्तको एफपीओ बाँडफाँट, कति जनाले पाए सेयर ?

अर्थ सरोकार

काठमाडौं । उन्नति सहकार्य लघुवित्तको एफपीओ बाँडफाँट भएको छ । लघुवित्तको एफपीओ मङ्सिर ८ गते शुक्रबार बाँडफाँट भएको हो ।

उक्त एफपीओमा कुल १७ हजार ८ सय ४५ जनाले गोलाप्रथामार्फत सेयर हात परेका छन् । सो मध्ये एक जनाले ११ कित्ता, अर्को एक जनाले १०.१८ कित्ता र बाँकिले १० कित्ताका दरले सेयर हात परेका हुन् ।

लघुवित्तले कार्तिक २१ गतेदेखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ७८ हजार ४ सय ५१.१८ कित्ता सेयर निष्काशन गरेको थियो । सो सेयरमा कुल १० लाख ७२ हजार ७ सय ६८ जनाले आवेदन दिएका थिए । ति मध्ये तिन सय २५ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

लगानीकर्ताले एफपीओको नतिजा बिक्री प्रबन्धकको वेबसाइट वा मेरो सेयर एकाउन्टबाट हेर्न सक्नेछन् ।  साथै, उन्नति सहकार्यको वेवसाइट र सीडीएस एण्ड क्लियरिङको वेवसाइटबाट पनि नतिजा हेर्न सकिनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK