काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । हाइड्रोपवारले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले १ अर्व ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा २३.२६ प्रतिशतले धेरै हो ।
गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ७९ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको खुद नाफा संगै विद्युत बिक्रीबाट हुने आम्दानी समेत बढेको छ । हाइड्रोपावरको विद्युत बिक्रीबाट हुने आम्दानी ३ अर्व ५६ करोड रुपैयाँबाट बढेर ३ अर्व ७१ करोड रुपैयाँ पुगेको छ ।
त्यसैगरी, अपर तामाकोशीको कर्मचारी संचालन खर्च ११ करोड १८ लाख रुपैयाँबाट घटेर ८ करोड २७ लाख रुपैयाँमा पुगेको छ । कम्पनीको चुक्ता पुँजी १५ अर्ब ९० करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ शीर्षक ६ अर्ब २४ करोड रुपैयाँ ऋणात्मक छ ।
कम्पनीले अन्य स्रोतमार्फत ४ लाख ६ हजार रुपैयाँ मात्र आम्दानी गरेको छ । हाइड्रोपावरको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३० पैसा र प्रतिसेयर नेटवर्थ ६० रुपैयाँ ९७ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्