काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार नेपाली ठुलो गोलभेडाको न्युनतम मूल्य ६० रुपैयाँ रहेको छ ।
त्यस्तै, भारतीय गोलभेडाको न्युनतम मूल्य ४५ रुपैयाँ, टनेलको सानो गोलभेडाको न्युनतम मूल्य ४२ रुपैयाँ, लोकल सानो गोलभेडा ३८ रुपैयाँ, भारतीय सानो गोलभेडा ४० रुपैयाँ रहेको छ । रातो आलु ६० रुपैयाँ, भारतीय रातो आलु ३६ रुपैयाँ, रातो आलु(मुडे) ५० रुपैयाँ, सेतो आलु ५० रुपैयाँ प्रतिकेजीमा किनबेज भईरहेको छ ।
त्यसैगरी, भारतीय सुकेको प्याज ११५ रुपैयाँ, लोकल गाजर ८० रुपैयाँ, लोकल बन्दा ५५ रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, रातो मुला ६० रुपैयाँ, सेतो मुला १५ रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ५० रुपैयाँ, तने बोडी ६० रुपैयाँ, मकै बोडी ४० रुपैयाँ, मटरकोशा १५० रुपैयाँ, घ्यु सिमि लोकल १५ रुपैयाँ, राजमा १५० रुपैयाँ, टाटे सिमि १५० रुपैयाँ र भटमासकोशा ८० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
तिते करेला ७०, लौका २०, लोकल परवल ५०, चिचिन्डो २०, घिरौला ३०, फर्सी पाकेको ४०, हरियो फर्सी ३०, सलगम ७०, भिंडी ५०, सखरखण्ड ७०, बरेला ४०, पिडालु ५०,स्कुस १० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग २० रुपैयाँ, पालुंगो १०० रुपैयाँ, चम्सुरको साग ६०, तोरीको साग ३० रुपैयाँ र मेथीको साग १०० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।
साथै, हरियो प्याज ८०, बकुला १३०, तरुल १२०, कन्य च्याउ ५०, डल्ले च्याउ २६०, कुरिलो ७५०, ब्रोकाउली ७०, चुकन्दर ७०, सजीवन २००, इमलि १४०, तामा ९०, तोफु १२०, कागती १४०, अदुवा १६०, हरियो खुर्सानी ५०, नेपाली सुकेको लसुन २६० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
यता, फुजी स्याउ ३२०, केरा (दर्जन) १४०, अनार ४००, कालो अंगुर ४००, भारतीय सुन्तला १२०, हरियो तर्बुजा ६०, मौसम १४०, जुनार २५०, भुई कटहर १५०, काक्रो ४०, निबुवा ४०, चाईनिज नासपाति २००, नेपाली मेवा ६०, लप्सी ६०, किवी २००, अभोकाडो २००, सरिफा १५०, अमला ६० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्