×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६५० रुपैयाँले बढ्यो कुरिलोको मूल्य, आइतबार यस्तो छ अन्य तरकारीको मूल्य (मूल्यसूचीसहित)

LAXMI SUNRISE BANK
GLOBAL

६५० रुपैयाँले बढ्यो कुरिलोको मूल्य, आइतबार यस्तो छ अन्य तरकारीको मूल्य (मूल्यसूचीसहित)

१९ कार्तिक २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । शुक्रबारसम्म न्युनतम ७५० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको कुरिलो आज भने ६५० रुपैयाँले बढेर १४०० रुपैयाँमा पुगेको छ ।

स्थानीय काउली १० रुपैयाँले घटेर न्युनतम ३० रुपैयाँ कायम भएको छ । त्यस्तै, लोकल बन्दा पनि १० रुपैयाँले घटेर ४० रुपैयाँमा पुगेको छ भने लोकल गाजर १० रुपैयाँले बढेर ८० रुपैयाँमा कारोबार भईरहेको छ ।

समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार नेपाली ठुलो गोलभेडाको न्युनतम मूल्य ६० रुपैयाँ, भारतीय ठुलो गोलभेडाको न्युनतम मूल्य ४५ रुपैयाँ, टनेलको सानो गोलभेडाको न्युनतम मूल्य ३५ रुपैयाँ, लोकल सानो गोलभेडा ३५ रुपैयाँ, भारतीय सानो गोलभेडा पनि ४० रुपैयाँ रहेको छ । त्यस्तै, रातो आलु ५८ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ, रातो आलु (मुडे) ४८ रुपैयाँ, सेतो आलु ४० रुपैयाँ प्रतिकेजीमा किनबेज भईरहेको छ ।

त्यसैगरी, सुकेको प्याज ९० रुपैयाँ, रातो मुला ५० रुपैयाँ, सेतो मुला १५ रुपैयाँ, भन्टा लाम्चो २५ रुपैयाँ, भन्टा डल्लो ५० रुपैयाँ, तने बोडी ६० रुपैयाँ, मकै बोडी ५० रुपैयाँ, मटरकोशा १५० रुपैयाँ, घ्यु सिमि लोकल १० रुपैयाँ, राजमा १२० रुपैयाँ, टाटे सिमि ४० रुपैयाँ र भटमासकोशा ८० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तिते करेला ८०, लौका २०, लोकल परवल ४०, घिरौला ४०, फर्सी पाकेको ३०, हरियो फर्सी २०, सलगम ७०, भिंडी ६०, बरेला २०, पिडालु ४५, स्कुस १० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग २० रुपैयाँ, पालुंगो ८० रुपैयाँ, चम्सुरको साग ६०, तोरीको साग ३० रुपैयाँ र मेथीको साग ८० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ८०, बकुला १२०, कन्य च्याउ ५०, डल्ले च्याउ २५०, न्युरो ७०, ब्रोकाउली ६०, चुकन्दर ७०, सजीवन १८०, रातो बन्दा १५०, जिरीको साग ८०, सेलेरी ३००, पुदिना ३५०, तामा ९०, तोफु १२०, अदुवा १५०, हरियो खुर्सानी ५०, सुकेको खुर्सानी ४५०, हरियो अकबरे खुर्सानी २००, हरियो लसुन २००, हरियो धनिया १००, चाइनिज सुकेको लसुन २५०, नेपाली सुकेको लसुन २८० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३२०, केरा (दर्जन) १६०, अनार ४५०, कालो अंगुर ४००, भारतीय सुन्तला ११०, हरियो तर्बुजा ६०, मौसम १२०, जुनार २२०, भुई कटहर १५०, काक्रो २५, निबुवा ५०, चाईनिज नासपाति २२०, नेपाली मेवा ६०, भारतीय मेवा १२०, लप्सी ६०, किवी २००, अभोकाडो २००, सरिफा १५०, अमला ५५ रुपैयाँ न्युनतम मूल्य रहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ पेज’ मा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी