Skip to content
LAXMI SUNRISE BANK

ब्रोकाउलीको भाउमा बढोत्तरी हुँदा गाजरको भाउ घट्यो, यस्तो छ सोमबारको तरकारीको मूल्यसूची

अर्थ सरोकार

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । आइतबारसम्म ८० रुपैयाँमा कारोबार भईरहेको लोकल गाजर आज २० रुपैयाँले घटेर ६० रुपैयाँमा किनबेच भईरहेको छ भने ब्रोकाउली २० रुपैयाँले बढेर ८० रुपैयाँ कायम भएको छ ।

समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार नेपाली ठुलो गोलभेडाको न्युनतम मूल्य ६० रुपैयाँ, भारतीय ठुलो गोलभेडाको न्युनतम मूल्य ४० रुपैयाँ, टनेलको सानो गोलभेडाको न्युनतम मूल्य ३५ रुपैयाँ, लोकल सानो गोलभेडा ३५ रुपैयाँ, भारतीय सानो गोलभेडा पनि ३० रुपैयाँ रहेको छ । त्यस्तै, रातो आलु ५८ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ, सेतो आलु ४० रुपैयाँ प्रतिकेजीमा किनबेज भईरहेको छ ।

त्यसैगरी, सुकेको प्याज ९० रुपैयाँ, लोकल गाजर ६० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, सेतो मुला १५ रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ५० रुपैयाँ, तने बोडी ५०  रुपैयाँ, मकै बोडी ४० रुपैयाँ, मटरकोशा १५० रुपैयाँ, घ्यु सिमि लोकल १५ रुपैयाँ, राजमा १२० रुपैयाँ, टाटे सिमि ४० रुपैयाँ र भटमासकोशा ८० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तिते करेला ८०, लौका २०, लोकल परवल ४०, चिचिन्ड़ो ३०, घिरौला ४०, फर्सी पाकेको ३०, हरियो फर्सी २०, सलगम ७०, भिंडी ६०, सखरखण्ड ५०, बरेला २५, पिडालु ४५, स्कुस १० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग २० रुपैयाँ, पालुंगो ८० रुपैयाँ, चम्सुरको साग ६०, तोरीको साग ४० रुपैयाँ र मेथीको साग ८० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ६०, बकुला १२०, कन्य च्याउ ६०, डल्ले च्याउ २४०, ब्रोकाउली ८०, चुकन्दर ७०, रातो बन्दा १५०, जिरीको साग ८०, सेलेरी ३००, पुदिना ३५०, तामा ९०, तोफु १२०, अदुवा १३०, हरियो खुर्सानी ६०, सुकेको खुर्सानी ४५०, हरियो अकबरे खुर्सानी २००, हरियो लसुन २००, हरियो धनिया ८०, चाइनिज सुकेको लसुन २५०, नेपाली सुकेको लसुन २८० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३२०, केरा (दर्जन) १६०, कागती १२०, अनार ४००, कालो अंगुर ४००, भारतीय सुन्तला १००, हरियो तर्बुजा ६०, मौसम १२०, जुनार २२०, भुई कटहर १५०, लोकल काक्रो २५, निबुवा ४०, चाईनिज नासपाति २२०, नेपाली मेवा ७०, भारतीय मेवा १३०, अम्बा १००, लप्सी ६०, किवी २००, अभोकाडो २००, सरिफा २००, अमला ५५ र इमली १४० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ पेज’ मा गई सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK