×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बढ्यो पुदिनाको मूल्य, यस्तो छ मंगलबार अन्य तरकारीको मूल्य (मूल्यसूचीसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बढ्यो पुदिनाको मूल्य, यस्तो छ मंगलबार अन्य तरकारीको मूल्य (मूल्यसूचीसहित)

Artha Sarokar

२१ कार्तिक २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार पुदिनाको मूल्य बढेको छ । नेपाली बजारमा पुदिना ४०० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ । सोमबारसम्म यसको मूल्य ३०० देखि ३५० रुपैयाँसम्म रहेको थियो ।

त्यस्तै, नेपाली ठुलो गोलभेडाको न्युनतम मूल्य ६० रुपैयाँ, भारतीय ठुलो गोलभेडाको न्युनतम मूल्य ४० रुपैयाँ, टनेलको सानो गोलभेडाको न्युनतम मूल्य ३५ रुपैयाँ, लोकल सानो गोलभेडा ३५ रुपैयाँ, भारतीय सानो गोलभेडा पनि ३० रुपैयाँ रहेको छ । रातो आलु ५६ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ, रातो आलु (मुडे) ४८ रुपैयाँ, सेतो आलु ३८ रुपैयाँ प्रतिकेजीमा किनबेज भईरहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ९० रुपैयाँ, लोकल गाजर ५० रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, रातो मुला ५०, सेतो मुला १५ रुपैयाँ, भन्टा लाम्चो २० रुपैयाँ, भन्टा डल्लो ५० रुपैयाँ, तने बोडी ४० रुपैयाँ, मकै बोडी ३० रुपैयाँ, मटरकोशा १५० रुपैयाँ, घ्यु सिमि लोकल १५ रुपैयाँ, राजमा ११० रुपैयाँ, टाटे सिमि ४० रुपैयाँ र भटमासकोशा ८० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तिते करेला ७०, लौका २५, लोकल परवल ४०, चिचिन्ड़ो २५, घिरौला ३०, फर्सी पाकेको ३०, हरियो फर्सी ३०, सलगम ७०, भिंडी ६०, सखरखण्ड ५०, बरेला २५, पिडालु ४०, स्कुस १० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग २० रुपैयाँ, पालुंगो ८० रुपैयाँ, चम्सुरको साग ५०, तोरीको साग ३० रुपैयाँ र मेथीको साग ८० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ६०, बकुला १२०, तरुल ८०, कन्य च्याउ ६०, डल्ले च्याउ २४०, ब्रोकाउली ८०, चुकन्दर ७०, रातो बन्दा १५०, जिरीको साग ७०, सेलेरी ३००, पुदिना ४००, तामा ९०, तोफु १२०, अदुवा १५०, हरियो खुर्सानी ५०, सुकेको खुर्सानी ४५०, हरियो अकबरे खुर्सानी २००, हरियो लसुन १८०, हरियो धनिया ८०, चाइनिज सुकेको लसुन २६०, नेपाली सुकेको लसुन २८० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३२०, झोले स्याउ २००, केरा (दर्जन) १६०, कागती १३०, अनार ४००, कालो अंगुर ४००, नेपाली सुन्तला ८०, भारतीय सुन्तला १००, हरियो तर्बुजा ६०, मौसम १२०, जुनार २२०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो १५, निबुवा ५०, चाईनिज नासपाति २२०, नेपाली मेवा ६०, भारतीय मेवा १३०, अम्बा १००, लप्सी ६०, किवी १५०, अभोकाडो २००, सरिफा १५०, अमला ५५ र इमली १४० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ पेज’ मा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी