काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार कुरिलोको मूल्य बढेको छ । बिहीबार कुरिलो २०० रुपैयाँले बढेर प्रतिकेजी न्युनतम १२०० रुपैयाँ देखि अधिकतम १३५० रुपैयाँ कायम भएको छ । त्यस्तै ,भिण्डी २० रुपैयाँले बढेर ८० रुपैयाँ छ भने हरियो मटरकोशा ३० रुपैयाँले घटेर न्युनतम १२० रुपैयाँ प्रतिकेजीमा बिक्री वितरण भईरहेको छ ।
त्यस्तै, नेपाली ठुलो गोलभेडाको न्युनतम मूल्य ६० रुपैयाँ, भारतीय ठुलो गोलभेडाको न्युनतम मूल्य ५० रुपैयाँ, टनेलको सानो गोलभेडाको न्युनतम मूल्य ३५ रुपैयाँ, लोकल सानो गोलभेडा ३० रुपैयाँ रहेको छ । रातो आलु ५५ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ, सेतो आलु ३८ रुपैयाँ प्रतिकेजीमा किनबेज भईरहेको छ ।
त्यसैगरी, भारतीय सुकेको प्याज ९५ रुपैयाँ, लोकल गाजर ५० रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, सेतो मुला १५ रुपैयाँ, भन्टा लाम्चो २० रुपैयाँ, भन्टा डल्लो ५० रुपैयाँ, तने बोडी ७० रुपैयाँ, मकै बोडी ४० रुपैयाँ, मटरकोशा १२० रुपैयाँ, घ्यु सिमि लोकल १५ रुपैयाँ, राजमा १०० रुपैयाँ, टाटे सिमि ६० रुपैयाँ र भटमासकोशा ८० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
तिते करेला ८०, लौका २५, लोकल परवल ५०, चिचिन्ड़ो ३०, घिरौला ३०, फर्सी पाकेको ३०, हरियो फर्सी २०, सलगम ७०, भिण्डी ८०, सखरखण्ड ५०, बरेला २५, पिडालु ४०, स्कुस १० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग २० रुपैयाँ, पालुंगो ८० रुपैयाँ, चम्सुरको साग ६०, तोरीको साग ३० रुपैयाँ र मेथीको साग ८० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।
साथै, हरियो प्याज ७०, बकुला ११०, तरुल ९०, कन्य च्याउ ६०, डल्ले च्याउ ३५०, कुरिलो १२००, ब्रोकाउली ५०, चुकन्दर ७०, रातो बन्दा १५०, जिरीको साग ८०, सेलेरी २००, पार्सले ४००, पुदिना ३५०, तामा ९०, तोफु १२०, अदुवा १५०, हरियो खुर्सानी ५०, सुकेको खुर्सानी ४५०, हरियो अकबरे खुर्सानी २००, हरियो लसुन १८०, हरियो धनिया ८०, चाइनिज सुकेको लसुन २५०, नेपाली सुकेको लसुन २६०, रुख टमाटर १०० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
यता, फुजी स्याउ ३२०, झोले स्याउ १८०, केरा (दर्जन) १६०, कागती १२०, अनार ४००, नेपाली सुन्तला ९०, भारतीय सुन्तला १००, हरियो तर्बुजा ६०, कालो अंगुर ४००, मौसम १२०, जुनार २२०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो २०, निबुवा ५०, चाईनिज नासपाति २२०, नेपाली मेवा ६०, भारतीय मेवा ११०, अम्बा १५०, लप्सी ६०, किवी १५०, सरिफा १५०, अभोकाडो २००, अमला ५५ र इमली १४० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।
तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ पेज’ मा गई सो विवरण हेर्न सकिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्