×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार तरकारी तथा फलफुलको मूल्यमा सामान्य घटबढ (मूल्यसूचीसहित)

LAXMI SUNRISE BANK
GLOBAL

आइतबार तरकारी तथा फलफुलको मूल्यमा सामान्य घटबढ (मूल्यसूचीसहित)

२६ कार्तिक २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार तरकारीको मूल्य सामान्य घटबढ भएको छ ।

त्यस्तै, नेपाली ठुलो गोलभेडाको न्युनतम मूल्य ५० रुपैयाँ, भारतीय ठुलो गोलभेडाको न्युनतम मूल्य ५० रुपैयाँ, टनेलको सानो गोलभेडाको न्युनतम मूल्य ३३ रुपैयाँ, लोकल सानो गोलभेडा २५ रुपैयाँ र भारतीय सानो गोलभेडा २५ रुपैयाँ रहेको छ । रातो आलु ५५ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ, सेतो आलु ३८ रुपैयाँ प्रतिकेजीमा किनबेज भईरहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ९५ रुपैयाँ, लोकल गाजर ५० रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, रातो मुला ३५ , लोकल सेतो मुला ८ रुपैयाँ, भन्टा लाम्चो २० रुपैयाँ, भन्टा डल्लो ४० रुपैयाँ, तने बोडी ४० रुपैयाँ, मटरकोशा १४० रुपैयाँ, घ्यु सिमि लोकल २० रुपैयाँ, राजमा ९० रुपैयाँ, टाटे सिमि ६० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तिते करेला ८०, लौका २०, लोकल परवल ४५, घिरौला ४०, फर्सी पाकेको ३०, हरियो फर्सी (लाम्चो) २०, हरियो फर्सी (डल्लो) १०, सलगम ७०, भिण्डी ७०, सखरखण्ड ५०, बरेला २०, पिडालु ४०, स्कुस १० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग २० रुपैयाँ, पालुंगो ८० रुपैयाँ, चम्सुरको साग ३०, तोरीको साग ३० रुपैयाँ र मेथीको साग ८० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ६०, बकुला १००, तरुल ८०, कन्य च्याउ ६०, डल्ले च्याउ ३५०, कुरिलो ८००, ब्रोकाउली ७०, चुकन्दर ७०, रातो बन्दा १५०, जिरीको साग ७०, सेलेरी १५०, पार्सले ४००, सौफको साग ८०, पुदिना ४००, तामा ९०, तोफु १२०, अदुवा १४०, हरियो खुर्सानी ७०, सुकेको खुर्सानी ४६०, हरियो अकबरे खुर्सानी २००, हरियो लसुन २००, हरियो धनिया ८०, चाइनिज सुकेको लसुन २८०, नेपाली सुकेको लसुन २८०, रुख टमाटर १०० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३२०, झोले स्याउ २००, केरा (दर्जन) १६०, कागती १२०, अनार ४००, नेपाली सुन्तला ८०, भारतीय सुन्तला ९०, हरियो तर्बुजा ६०, कालो अंगुर ४००, मौसम ९०, जुनार २४०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो ४०, निबुवा ४०, चाईनिज नासपाति २२०, नेपाली मेवा ५०, भारतीय मेवा ९०, अम्बा १५०, लप्सी ५०, किवी १५०, सरिफा १५०, अभोकाडो २००, अमला ६० र इमली १४० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ पेज’ मा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी