×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ (मूल्यसूचीसहित)

LAXMI SUNRISE BANK
GLOBAL

आइतबार तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ (मूल्यसूचीसहित)

३ मंसिर २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार तरकारीको मूल्य सामान्य घटबढ भएको छ ।

भारतीय ठुलो गोलभेडाको न्युनतम मूल्य ६० रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ, टनेलको सानो गोलभेडा ३० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ५५ रुपैयाँ, भारतीय रातो आलु ३४ रुपैयाँ, सेतो आलु ३५ रुपैयाँ प्रतिकेजीमा किनबेज भईरहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ९० रुपैयाँ, लोकल गाजर ५० रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली १० रुपैयाँ स्थानीय काउली(ज्यापु) २० रुपैयाँ, रातो मुला ३०, लोकल सेतो मुला १० रुपैयाँ, भन्टा लाम्चो १५ रुपैयाँ, भन्टा डल्लो ४० रुपैयाँ, तने बोडी ३० रुपैयाँ, मकै बोडी ३०, मटरकोशा १२० रुपैयाँ, घ्यु सिमि लोकल १५ रुपैयाँ, राजमा ८० रुपैयाँ, टाटे सिमि ६० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तिते करेला १००, लौका २०, लोकल परवल ४५, घिरौला ३०, फर्सी पाकेको ३०, हरियो फर्सी (लाम्चो) १०, हरियो फर्सी (डल्लो) १०, सलगम ७०, भिण्डी ७०, सखरखण्ड ५०, बरेला १५, पिडालु ६०, स्कुस १० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग २० रुपैयाँ, पालुंगो १०० रुपैयाँ, चम्सुरको साग १००, तोरीको साग ३० रुपैयाँ र मेथीको साग १०० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ९०, बकुला १००, तरुल ८०, कन्य च्याउ ५०, डल्ले च्याउ २८०, कुरिलो ८००, ब्रोकाउली ५०, चुकन्दर ७०, रातो बन्दा १५०, जिरीको साग १२०, सेलेरी २००, पार्सले ५००, सौफको साग १००, पुदिना ४००, तामा ९०, तोफु १२०, अदुवा १५०, हरियो खुर्सानी ५०, सुकेको खुर्सानी ४५०, हरियो अकबरे खुर्सानी २००, हरियो लसुन २५०, हरियो धनिया १००, चाइनिज सुकेको लसुन २८०, नेपाली सुकेको लसुन ३००, रुख टमाटर १०० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३२०, झोले स्याउ २५०, केरा (दर्जन) १६०, कागती १२०, अनार ४००, नेपाली सुन्तला ८०, भारतीय सुन्तला ९०, हरियो तर्बुजा ६०, कालो अंगुर ३८०, मौसम ८०, जुनार २२०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो ३०, निबुवा ४०, चाईनिज नासपाति २२०, नेपाली मेवा ७०, भारतीय मेवा १५०, अम्बा २००, लप्सी ७०, किवी २००, अभोकाडो २०० र इमली १४० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ पेज’ मा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी