×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेलरी र पार्सलेको मूल्य बढ्यो, काउलीको घट्यो, सोमबार यस्तो छ अन्य तरकारी तथा फलफूलको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL

सेलरी र पार्सलेको मूल्य बढ्यो, काउलीको घट्यो, सोमबार यस्तो छ अन्य तरकारी तथा फलफूलको मूल्य

४ मंसिर २०८०, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार सेलरी र पार्सलेको मूल्य बढेको छ भने काउलीको मूल्य घटेको छ । नेपाली बजारमा सेलरी न्युनतम ३५० देखि अधिकतम ४०० र पार्सले न्युनतम ५०० देखि अधितम ६०० रुपैयाँमा कारोबार भईरहेको छ भने काउली न्युनतम १० रुपैयाँमा किनबेच भईरहेको छ ।

सोमबार नेपाली ठुलो गोलभेडा न्युनतम ६० रुपैयाँ, भारतीय ठुलो गोलभेडाको न्युनतम मूल्य ९० रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ, टनेलको सानो गोलभेडा ३० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ५४ रुपैयाँ, भारतीय रातो आलु ३४ रुपैयाँ, सेतो आलु ३५ रुपैयाँ प्रतिकेजीमा किनबेज भईरहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ९० रुपैयाँ, लोकल गाजर ५० रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ, स्थानीय काउली १० रुपैयाँ स्थानीय काउली (ज्यापु) २० रुपैयाँ, रातो मुला ३०, लोकल सेतो मुला १० रुपैयाँ, भन्टा लाम्चो २० रुपैयाँ, भन्टा डल्लो ४० रुपैयाँ, तने बोडी ४० रुपैयाँ, मकै बोडी ५०, मटरकोशा ८० रुपैयाँ, घ्यु सिमि लोकल २० रुपैयाँ, राजमा ६० रुपैयाँ, टाटे सिमि ६० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तिते करेला ९०, लौका २५, लोकल परवल ५०, घिरौला २५, फर्सी पाकेको ३०, हरियो फर्सी (लाम्चो) १०, हरियो फर्सी (डल्लो) १०, सलगम ७०, भिण्डी ७०, सखरखण्ड ६०, बरेला १५, पिडालु ६०, स्कुस १० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ३० रुपैयाँ, पालुंगो १०० रुपैयाँ, चम्सुरको साग १००, तोरीको साग ३० रुपैयाँ र मेथीको साग १०० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ८०, बकुला ११०, तरुल ८०, कन्य च्याउ ७०, डल्ले च्याउ २५०, कुरिलो ९००, ब्रोकाउली ५०, चुकन्दर ७०, रातो बन्दा १५०, जिरीको साग १२०, सेलेरी ३५०, पार्सले ५००, सौफको साग १००, पुदिना ३००, तामा ९०, तोफु १२०, अदुवा १५०, हरियो खुर्सानी ६०, सुकेको खुर्सानी ४५०, हरियो अकबरे खुर्सानी १५०, हरियो लसुन १५०, हरियो धनिया १००, चाइनिज सुकेको लसुन २८०, नेपाली सुकेको लसुन ३००, रुख टमाटर १०० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३२०, झोले स्याउ २५०, केरा (दर्जन) १६०, कागती १२०, अनार ४००, नेपाली सुन्तला ८०, भारतीय सुन्तला ९०, हरियो तर्बुजा ६०, कालो अंगुर ३८०, मौसम ८०, जुनार २२०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो ३०, निबुवा ४०, चाईनिज नासपाति २२०, नेपाली मेवा ७०, भारतीय मेवा १५०, अम्बा २००, लप्सी ७०, किवी २००, अभोकाडो २००, स्ट्रबेरी ४०० र इमली १४० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ पेज’ मा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी