×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काउली प्रतिकेजी १० रुपैयाँ, मंगलबार यस्तो छ अन्य तरकारी तथा फलफूलको मूल्य (मूल्यसूचीसहित)

LAXMI SUNRISE BANK
GLOBAL

काउली प्रतिकेजी १० रुपैयाँ, मंगलबार यस्तो छ अन्य तरकारी तथा फलफूलको मूल्य (मूल्यसूचीसहित)

५ मंसिर २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ भएको छ ।

मंगलबार भारतीय ठुलो गोलभेडाको न्युनतम मूल्य ९० रुपैयाँ, लोकल सानो गोलभेडा १५ रुपैयाँ, टनेलको सानो गोलभेडा २५ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ५२ रुपैयाँ, भारतीय रातो आलु ३६ रुपैयाँ, सेतो आलु ३४ रुपैयाँ प्रतिकेजीमा किनबेज भईरहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ९० रुपैयाँ, लोकल गाजर ६० रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली १० रुपैयाँ, स्थानीय काउली (ज्यापु) २० रुपैयाँ, रातो मुला २०, लोकल सेतो मुला १० रुपैयाँ, भन्टा लाम्चो २० रुपैयाँ, भन्टा डल्लो ४० रुपैयाँ, तने बोडी ३० रुपैयाँ, मकै बोडी ३०, मटरकोशा ६० रुपैयाँ, घ्यु सिमि लोकल २० रुपैयाँ, राजमा ७० रुपैयाँ, टाटे सिमि ६० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तिते करेला ९०, लौका २०, लोकल परवल ५०, घिरौला ३०, फर्सी पाकेको ३०, हरियो फर्सी (लाम्चो) १५, हरियो फर्सी (डल्लो) १०, सलगम ७०, भिण्डी ९०, सखरखण्ड ४०, बरेला २५, पिडालु ४०, स्कुस १० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग २० रुपैयाँ, पालुंगो ९० रुपैयाँ, चम्सुरको साग ९०, तोरीको साग ३० रुपैयाँ र मेथीको साग ९० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ८०, बकुला ९०, तरुल ८०, कन्य च्याउ ७०, डल्ले च्याउ २५०, कुरिलो ९००, ब्रोकाउली ५०, चुकन्दर ७०, रातो बन्दा १५०, जिरीको साग १००, सेलेरी ३००, पार्सले ५००, सौफको साग ९०, पुदिना ३००, तामा ९०, तोफु १२०, अदुवा १५०, हरियो खुर्सानी ५०, सुकेको खुर्सानी ४५०, हरियो अकबरे खुर्सानी १५०, हरियो लसुन १८०, हरियो धनिया १००, चाइनिज सुकेको लसुन २८०, नेपाली सुकेको लसुन २८०, रुख टमाटर ९० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३२०, झोले स्याउ २५०, केरा (दर्जन) १५०, कागती १४०, अनार ४००, नेपाली सुन्तला ८०, भारतीय सुन्तला ९०, हरियो तर्बुजा ६०, कालो अंगुर ३८०, मौसम ९०, जुनार २२०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो २०, निबुवा ४०, चाईनिज नासपाति २२०, नेपाली मेवा ७०, भारतीय मेवा १४०, अम्बा २००, लप्सी ७०, किवी २००, अभोकाडो २००, स्ट्रबेरी ४०० र इमली १४० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ पेज’ मा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी