काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ भएको छ । आज कन्य च्याउको मूल्य घटेको छ । आइतबार १०० रुपैयाँमा किनबेच भईरहेको कन्य च्याउ सोमबार २० रुपैयाँले घटेर न्युनतम ८० रुपैयाँमा किनबेच भईरहेको छ ।
सोमबार नेपाली ठुलो गोलभेडा न्युनतम ८० रुपैयाँ, भारतीय ठुलो गोलभेडाको न्युनतम मूल्य १०० रुपैयाँ, लोकल सानो गोलभेडा १५ रुपैयाँ, टनेलको सानो गोलभेडा २३ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ४५ रुपैयाँ, भारतीय रातो आलु ३८ रुपैयाँ, सेतो आलु ३५ रुपैयाँ प्रतिकेजीमा किनबेज भईरहेको छ ।
त्यसैगरी, भारतीय सुकेको प्याज ९० रुपैयाँ, लोकल गाजर ५० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, स्थानीय काउली ८ रुपैयाँ, स्थानीय काउली (ज्यापु) १५ रुपैयाँ, रातो मुला २०, लोकल सेतो मुला १० रुपैयाँ, भन्टा लाम्चो १८ रुपैयाँ, भन्टा डल्लो ३० रुपैयाँ, तने बोडी ६० रुपैयाँ, मकै बोडी ३०, मटरकोशा ७० रुपैयाँ, घ्यु सिमि लोकल २० रुपैयाँ, राजमा ८० रुपैयाँ, टाटे सिमि ६० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
तिते करेला ६०, लौका २५, लोकल परवल ५०, घिरौला ३०, फर्सी पाकेक ३०, हरियो फर्सी (लाम्चो) १५, हरियो फर्सी (डल्लो)१५ , सलगम ७०, भिण्डी ६०, सखरखण्ड ५०, बरेला २५, पिडालु ५०, स्कुस १० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग २५ रुपैयाँ, पालुंगो ८० रुपैयाँ, चम्सुरको साग ८०, तोरीको साग ३० रुपैयाँ र मेथीको साग ८० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।
साथै, हरियो प्याज ७०, बकुला ७०, तरुल ७०, कन्य च्याउ ८०, डल्ले च्याउ २५०, कुरिलो ९००, ब्रोकाउली ४०, चुकन्दर ७०,सजीवन २००, रातो बन्दा १५०, जिरीको साग १००, सेलेरी १५०, पार्सले ३००, सौफको साग ८०, पुदिना ३००, तामा ९०, तोफु १२०, अदुवा १५०, हरियो खुर्सानी ५०, सुकेको खुर्सानी ४६०, हरियो अकबरे खुर्सानी २००, हरियो लसुन १२०, हरियो धनिया ६०, चाइनिज सुकेको लसुन २८०, नेपाली सुकेको लसुन २९०, रुख टमाटर ८० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
यता, फुजी स्याउ ३२०, झोले स्याउ २५०, केरा (दर्जन) १५०, कागती १३०, अनार ४००, नेपाली सुन्तला ९०, हरियो तर्बुजा ६०, कालो अंगुर ३८०, मौसम १३०, जुनार २२०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो ३०, निबुवा ५०, नेपाली मेवा ८०, भारतीय मेवा १३०, अम्बा २००, लप्सी ७०, किवी २००, अभोकाडो २००, स्ट्रबेरी ४००, अमला ६० र इमली १५० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।
तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ पेज’ मा गई सो विवरण हेर्न सकिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्