×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भिजन लुम्बिनीको आइपिओ आज बाँडफाँड हुँदै 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

भिजन लुम्बिनीको आइपिओ आज बाँडफाँड हुँदै 

Artha Sarokar

५ मंसिर २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । भिजन लुम्बिनी उर्जा कम्पनीको आइपिओ मंगलबार बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार मंगलबार बिहान ९ बजे आफ्नै कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा आइपिओ बाँडफाँड हुने भएको हो ।

क्यापिटलका अनुसार कम्पनीको आईपीओमा मागभन्दा ६.५४ गुणा बढी आवेदन परेको छ । यसर्थ आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । यसमा ११ लाख ९४ हजार ८२० जनाले कुल १ करोड ३५ लाख ७६ हजार १६० कित्ताका लागि आवेदन दिएका छन् । जसमा २ लाख ७ हजार ५२८ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ९ लाख ८७ हजार २९२ जनाको भने हात खाली हुनेछ । 

कम्पनीले कात्तिक १६ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि कुल २० लाख ७५ हजार २८५ कित्ता साधारण सेयर निष्कासन गरेको थियो । कम्पनीले स्थानीय बासिन्दाले आवेदन नदिएको ४ लाख ८७ हजार ९१० कित्ता सेयरसमेत थप गरेर सर्वसाधारणलाई उक्त आइपिओ बिक्रीमा ल्याएको हो । 

रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले यो आइपीओलाई ‘आइआरएन डबल बी माइनस इस्यूआर’ रेटिङ प्रदान गरेको छ । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी