×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भिजन लुम्बिनीको आईपीओ बाँडफाँड, २ लाख ७ हजार ५ सय २८ जनाले पाए सेयर, बाँकीको हात खाली !

PRIME CA

भिजन लुम्बिनीको आईपीओ बाँडफाँड, २ लाख ७ हजार ५ सय २८ जनाले पाए सेयर, बाँकीको हात खाली !

५ मंसिर २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको आईपीओ मंसिर ५ गते मंगलबार बाँडफाँट भएको हो ।

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार २ लाख ७ हजार ५ सय २३ जनाले १० कित्ता र ५ जनाले ११ कित्ता गरी कुल २ लाख ७ हजार ५ सय २८ जनाले सेयर हात परेका छन् ।

कम्पनीले कार्तिक १६ गतेदेखि २० गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि कुल २० लाख ७५ हजार २ सय ८५ कित्ता साधारण सेयर निष्काशन गरेको थियो । उक्त आइपीओमा कुल ११ लाख ६१ हजार ५ सय २९ जनाले आवेदन दिएकोमा ४ हजार ६ सय २ जनाको आवेदन रद्द भएको थियो । योग्य ११ लाख ५६ हजार ९२७ जना आवेदकलाई गोलाप्रथा मार्फत सेयर बाँडफाँड गरिएको मुक्तिनाथ क्यापिटलले जनाएको छ ।

आईपीओको नतिजा बिक्री प्रबन्धकको वेबसाइट वा भिजन लुम्बिनी उर्जाको वेबसाइट तथा सीडीएस एण्ड क्लियरिङको वेबसाइटबाट पनि हेर्न सकिन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: