काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओ बिक्री खुला भएको छ । कम्पनीले कार्तिक १६ गते बिहीबारदेखि सर्वसाधारण लगानीकर्ताका लागि आइपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आइपीओ निष्काशन गरेको थियो । भिजन लुम्बिनीले आयोजना प्रभावित स्थानीयलाई जारी गरेको सेयर मध्ये स्थानीयले आवेदन नदिएको ४ लाख ८७ हजार ९१० कित्ता सेयर समेत थप गरी कुल २० लाख ७५ हजार २८५ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो ।
उक्त आइपीओमा कार्तिक २० गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । सो अवधिमा सम्पूर्ण सेयर बिक्री नभएमा मङ्सिर १ गतेसम्म आवेदन म्याद थप गरिने जनाईएको छ । लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम ३ लाख ८० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘आइआरएन डबल बी माइनस इस्यूआर’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्