×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इजरायल-प्यालेस्टाइन युद्धः युद्धग्रस्त क्षेत्रमा कष्ठकर बन्दै जनजीवन, ध्वस्त हुँदै व्यवसायिक साम्राज्य… (फोटो-कथा)

PRIME CA

इजरायल-प्यालेस्टाइन युद्धः युद्धग्रस्त क्षेत्रमा कष्ठकर बन्दै जनजीवन, ध्वस्त हुँदै व्यवसायिक साम्राज्य… (फोटो-कथा)

४ मंसिर २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । विश्वलाई भयवित पार्नेगरी चलिरहेको इजरायल-प्यालेस्टाइन युद्ध यतिबेला चरम सीमामा छ । युद्धकै कारण अहिले दुवै क्षेत्रको मानवीय संकट उत्पन्न भएको छ । निरन्तरको गोलाबारी र आक्रमणका कारण हजारौँ नागरिकले ज्यान गुमाएका छन् भने लाखौँ नागरिक घरबारबिहीन भएका छन् । अहिले दुवै क्षेत्रको जनजीवन कष्ठकर बनेको छ ।

अहिले पनि युद्धग्रस्त क्षेत्रमा रकेटबाट आक्रमण जारी छ । आक्रमणबाट मानिसहरुको मृत्यु मात्र भएको छैन बरु युद्धग्रस्त क्षेत्रको विकास र अर्थतन्त्र सयौँ वर्ष पछि धकेलिएको छ । जानकारहरुले पनि इजरायल-प्यालेस्टाइनको पछिल्लो युद्ध व्यवसायिक जगतका लागि ठूलो व्यवधान भएको बताएका छन् । यदी युद्ध यही गतीमा चल्ने हो र युद्ध विरामका लागि कुनै पहल नहुने हो भने दुवै क्षेत्रको व्यवसायिक साम्राज्य संकटमा पर्ने निश्चित देखिन्छ ।

यही युद्धका कारण अहिले दुवै क्षेत्रका विद्यालय, कलेज, अस्पताल, फ्याक्ट्री, कम्पनी लगायतका ठूलाठूला भौतिक संरचनामा क्षति पुगेको छ । जसले यहाँका नागरिकको दैनिकी दुखजिलो मात्रै बनाएको छैन बरु दैनिक गुजारा नै साह्रै कष्ठकर बनाएको छ । र हामीले सारा विश्वलाई भयवित बनाउने इजरायल-प्लोस्टाइन युद्धलाई एजेन्सीको सहयोगमा तस्वीरमा कैद गर्ने प्रयास गरेका छौँ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: