×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘एनसेल प्रकरणबारे सरकारलाई जानकारी छैन’- अर्थमन्त्री

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘एनसेल प्रकरणबारे सरकारलाई जानकारी छैन’- अर्थमन्त्री

Artha Sarokar

१९ मंसिर २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले एनसेलको सेयर खरिद बिक्री प्रकरणबारे सरकारलाई जानकारी नभएको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गदै अर्थमन्त्री डा. महतले एनसेल खरिद बिक्री प्रकरणका विषयमा सरकारलाई आधिकारिक जानकारी नभएको बताएका हुन् ।

अर्थमन्त्री डा. महतले हाल एनसेल प्रकरणको विषमया सरकारले सूचना लिने काम गरिरहेका बताएका छन् ।

एनसेलको सेयर खरिद बिक्री नियमसंग हो वा होइन भन्ने विषयमा थप अध्ययन नगरी केही भन्न नसकिने अवस्था रहेको अर्थमन्त्री भनाई छ । यद्यपी कर छलीको विषयमा आफूहरुले अध्ययन गरिरहेको र सम्बन्धित निकायसँग छलफल गरिरहेको अर्थमन्त्रीले बताएका छन् ।

मलेसियन कम्पनी आजियाटाले एनसेलको सेयर ५ करोड अमेरिक डलर अर्थात ६ अर्ब ६५ करोडमा स्पेक्ट्रलाइट युकेलाई बेचिसकेको छ । स्पेक्ट्रलाइट युकेको सञ्चालक नेपाली मुलका सिंगापूरबासी सतीशलाल आचार्य हुन् । उनी एनलेसको नेपाली साझेदार सुनिभेरा क्यापिटल भेन्चर प्रालिका सञ्चालक भावना सिंह श्रेष्ठका श्रीमान हुन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी