काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय राजधानी काठमाडौँ वरपरका नुवाकोटसहितका जिल्लाको विकासका लागि सरकार गम्भीर रहेको बताएका छन् । शनिबार पन्चकन्या गाउँपालिकास्थित कविलास स्वास्थ्य चौकीको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
महतले भने, ‘राजधानी काठमाडौंसँग जोडिएको नुवाकोट पछाडि परेको जिल्ला हो । नजिक भएर पनि पछाडि परेको हो । टाढाका जिल्लाले आफूलाई तयार गर्नुपर्छ भनेर शिक्षाको चाँडै विकास भयो, त्यहाँका अगुवाहरुले शिक्षामा लगानी गरे । पढ्ने लेख्ने कामलाई प्राथमिकता दिए । तर, काठमाडौँ वरिपरीकाको आम्दानीको मूलस्रोत जग्गाजमिन थियो ।’
काठमाडौँमा पहिले राणाहरुको नजिक रहेकाहरु र राणालाई रिझाउनेहरुले चाकरी गरेवापत पुरस्कारका रुपमा जमिन माग्ने गरेको भन्दै उनले उब्जनी सहजै काठमाडौँ पुर्याउन सक्ने ठाउँको जमिन उनीहरुले पाउने गरेको बताएका छन् । नुवाकोटमा काठमाडौँसँग जोडिएको उब्जाउ रहेको उल्लेख गर्दै महतले काठमाडौँ बसेर नुवाकोटको जमिन उपभोग गर्नेहरु धेरै भएको जानकारी दिएका छन् ।
त्यस्तै, काभ्रे, धादिङ र नुवाकोटका जनता प्रशस्त उब्जनी गर्ने र ठूलो हिस्सा काठमाडौँ पुर्याउने काममा केन्द्रित रहेको सुनाउँदै उनले । शिक्षाको विकासले २०४६ पछि मात्र गति लिएको बताएका छन् । तर, विगतमा काठमाडौँको नजिक र शासकको नजरमा परेर पनि नुवकोटका जनता रैती बनेको उनले बताए ।
काठमाडौँ वरपरका क्षेत्रको विकासको काम अघि बढेको महतले सुनाए । यसका लागि सरकार गम्भीर रहेको भन्दै उनले भने, ‘काठमाडौं-छहरे सुरुङ मार्गको कामहामीले गरिरहेका छौं । एक अर्ब बजेट पनि राखेका छौँ, सुरुङमार्ग जटिल काम हो । यसका लागि तयारी सबैभन्दा महत्वपूर्ण हुन्छ, तयारी सकिएपछि मात्र काम अघि बढ्छ । तर, तयारीको काम देखिँदैन ।’
पहिले यही क्षेत्रका प्रकाशशरण महत अर्थमन्त्री भएका बेला बजेट व्यवस्था गरिएको उल्लेख गर्दै सुरुङ मार्ग खन्नका लागि भौगर्विक अध्ययन चाहिने भएकाले यसका लागि चिनियाँ सरकारसँग अनुरोध गरेको सुनाए । वातावरण अध्ययन नेपाल सरकारले गरेपछि अन्तिम अध्ययन गरेर काम अगाडि बढ्ने मन्त्री महतको भनाइ छ ।
उनले भने, ‘सुरुङ मार्ग निर्माण सम्पन्न भयो भने काठमाडौंमा घर बनाइराख्नु पर्दैन । एक घन्टाको बाटो १० मिनेटमा पुगिन्छ । काठमाडौँमा काम गरेर नुवाकोट घर फर्किन सकिन्छ । यसले बसाइँ सराइ रोक्छ ।’ सुत्केरी सुविधालगायत अन्य समस्याको स्वास्थ्य जाँच पनि यहीँ उपलब्ध हुन सके सानातिना समस्याका लागि बाहिर जान नपर्ने अवस्था बन्ने उनको भनाइ छ । त्यसका लागि बजेट बिनियोजना गर्न सरकार गम्भीर रहेको मन्त्री महतले बताएका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्