काठमाडौँ । उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थ माथि प्रतिबन्ध लगाउने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । शुक्रबार न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले सुर्तीजन्य पदार्थको बिक्रीवितरण, भण्डारण र प्रयोगमाथि प्रतिबन्ध लगाउने महानगरको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।
महानगरले सुर्तीजन्य पदार्थ माथि प्रतिबन्ध लगाएपछि श्रीराम टोवागो उद्योग प्रालि महानगरको सो निर्णय बदरको माग गर्दै अदालत पुगेको थियो ।
सोही रिट निवेदनमाथि सुनुवाई गर्दै अदालतले शुक्रबार प्लास्टिकमा प्याकिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा भण्डारणमा महानगरले लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । अदालतको यस्तो आदेशसँगै अब व्यवसायीहरुले निर्वाध रुपमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण गर्न पाउनेछन् ।
महानगरले मंसिर १२ गते एक सूचना जारी गर्दै २७ मंसिरदेखि महानगरभित्र सुर्तीजन्य पदार्थको बिक्रीवितरण, भण्डारण तथा प्रयोगमा रोक लगाएको थियो । तर, अब उक्त निर्णय तत्कालका लागि कार्यान्वयन नहुने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्