×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलालीमा भन्सार छलीका १० लाख बढीका अवैध सामान बरामद 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कैलालीमा भन्सार छलीका १० लाख बढीका अवैध सामान बरामद 

भुमिदत्त तिवारी

१५ मंसिर २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कैलाली । कैलालीमा भन्सार छलीका करिब दश लाख बढीका सामान बरामद गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेटक्वाटर कैलालीबाट खटिएको टोलीले कैलालीका विभिन्न ठाउँबाट दश लाख ८ हजार दुई सय मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको हो । 

१३ मंसिरमा सशस्त्र प्रहरी बल बिओपि बङ्ग्राकटानबाट सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकालको कमान्डमा खटिएको टोलीले धनगढी–९ बाट ४ लाख ३९ हजार २ सय मूल्य बराबरको अवैध सामान बरामद गरेको थियो । मंसिर १३ गते बरामद गरिएको सामानमा अधिकांश कपडाहरु रहेका थिए । 

त्यस्तै, मंसिर १४ गते सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेटक्वाटर कैलालीबाट सशस्त्र प्रहरी निरीक्षक धन बहादुर नाथको कमाण्डमा खटिएको टोलीले भन्सार छलीका ३ लाख ५१ हजार १ सय बराबरको कपडा बरामद गरेको थियो ।

सोही दिन सशस्त्र प्रहरी बल नेपाल बिओपी बङ्ग्राकटानको टोलीले पुनः २ लाख १७ हजार ९ सय बराबरको कपडा, किराना तथा कस्मेटिक लगायतका सामानहरु बरामद गरेको थियो । यसरी विभिन्न ठाउँबाट बरामद गरिएको सामान प्रहरीले आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको छ । 

पछिल्लो समय खुला नाकाको प्रयोग गरी हुने अवैध तस्करी तथा भन्सार छली रोक्नका लागि प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले सीमा क्षेत्रमा आवश्यक निगरानी बढाउँदै आएको छ । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी