×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइपीओ जारी गर्ने प्रस्तावसहित चम्पावती हाइड्रोपावरले डाक्यो साधारणसभा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आइपीओ जारी गर्ने प्रस्तावसहित चम्पावती हाइड्रोपावरले डाक्यो साधारणसभा

Artha Sarokar

१५ मंसिर २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आइपीओ जारी गर्ने प्रस्तावसहित चम्पावती हाइड्रोपावर लिमिटेडले साधारणसभा बोलाएको छ । हाइड्रोपावरको साधारणसभा पुस ७ गते हुने भएको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने जनाईएको छ ।

सभामा आइपीओ निष्काशन गर्ने सम्बन्धमा आवश्यक निर्णय गर्ने एजेण्डा रहेको कम्पनीले जनाएको छ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र नाफा नोक्सान सम्बन्धी विषयमा छलफल गर्ने प्रस्ताव रहेको छ ।

साथै, सभामा आर्थिक वर्ष २०८०/८१ को लागि लेखा परीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहेको कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी