×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चार महिनामा रसुवागढी नाकाबाट अवैध तस्करी गर्ने ८ जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

चार महिनामा रसुवागढी नाकाबाट अवैध तस्करी गर्ने ८ जना पक्राउ

Artha Sarokar

१८ मंसिर २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा भन्सार छल्ने नियतले कार्य गरेका आठ जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट रु तीन करोड ३१ लाख ८१ हजार एक सय ९८ बराबरको सामग्रीसमेत बरामद भएको र यसलाई कानुनी कारबाहीका लागि रसुवा भन्सार कार्यालय टिमुरेलाई बुझाएको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिएका छन् ।

चीनबाट आयात गरेका ती सामग्री रसुवागढी, घटृेखोला, टिमुरे र स्याफ्रुबेँसीसमेतका स्थानमा केही भारिया र केही विभिन्न सवारी साधनमार्फत काठमाडौँतर्फ लाने क्रममा प्रहरीले बरामद गरेको बुढाथोकीले बताएका छन् ।

रसुवागढी नाकामा चोरी निकासी नियन्त्रण गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल परिचालित छन् । प्रहरीले गत वर्ष पनि रु एक करोड ५१ लाख ५६ हजार दुई सय ३० बराबर भन्सार छलीका सामग्री बरामद गरी कानुनी कारबाहीका लागि भन्सार कार्यालय टिमुरेलाई बुझाएको थियो ।

यस्तै जिल्ला प्रहरी कार्यालयले चालु आवको हालसम्म विभिन्न घटनाका १४ थान मुद्दा जिल्ला सरकारी वकिलमार्फत अदालतसामु पेश गरेको छ । यसरी पेश भएका मुद्दामा लागुऔषध, कर्तव्य ज्यान, चोरीलगायत विविध छन् ।

यसो त पछिल्लो समय चीनतर्फको रसुवागढी नाकामार्फत सुन तस्करी गर्ने बढेपछि प्रहरी उक्त नाकामा सुरक्षा निगरानी थप मजबुत बनाएको छ । त्रिभुवन एयरपोर्टबाट अवैध तस्करीको ठूलो मात्राको सुन बरामदसँगै चिनियाँ नागरिकको संलग्नता पुष्टि भएपछि भूमार्गबाट तस्करी बढेको प्रहरीको निष्कर्ष रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी