×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्दी प्रभावः भाउ घटाउँदा पनि बिकेनन् दशैँमा किनेका च्याङ्ग्रा, उपाय नलागेपछि लिलाम गर्दै खाद्य कम्पनी !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मन्दी प्रभावः भाउ घटाउँदा पनि बिकेनन् दशैँमा किनेका च्याङ्ग्रा, उपाय नलागेपछि लिलाम गर्दै खाद्य कम्पनी !

Artha Sarokar

१५ मंसिर २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँमा बिक्री नभएका च्याङ्ग्रा लिलाम गर्ने भएको छ । दशैँ–तिहारको लागि भन्दै खरिद गरिएका च्याङ्ग्रा नबिकेपछि थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले च्याङ्ग्रा लिलामीमा राखेको हो ।

लिलामीका लागी खाद्यले शुक्रबार टेण्डर आह्वान गरेको छ । भाउ घटाउँदा पनि दशैँ–तिहारका लागि खरिद गरिएका च्याङ्ग्रा नबिकेपछि खाद्यले एकमुष्ट लिलामीमा राखेको हो ।

लिलामीमा सहभागी हुन चाहने इजाजतपत्र प्राप्त फर्म, संस्था, कम्पनी वा व्यक्तिले पुस १ गतेसम्म सिलबन्दी दरभाउपत्र पेश गर्नुपर्नेछ । कम्पनीले बोलपत्र धरौटीका लागि ७५ हजार र न्युनतम कबोल दर प्रतिकेजी १ हजार १ सय २५ रुपैयाँ तोकेको छ ।

दशैँ–तिहारमा उपभोक्ताको सहजता र सहुलियत मूल्यमा च्याङ्ग्राको उपलब्धताका लागि खाद्यले च्याङ्ग्रा खरिद गरेको थियो । तर, भाउ घटाउँदा पनि च्याङग्रा बिक्ने स्थिति नदेखेपछि कम्पनीले एकमुष्ट लिलाीम खुलाएको हो । च्याङ्ग्रा मात्र होइन, दशैँ तिहारका लागि भन्दै उत्पादन गरिएका कुखुरा पनि नबिकेपछि अहिले कुखुरा व्यापारीहरु पनि तनावमा परेका छन् । ब्रोइलर कुखुराको मूल्य प्रतिकिलो ७० रुपैयाँ घटाउँदा पनि मासु नबिकेको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी