×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वैदेशिक रोजगारीका लागि अमेरिका पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

वैदेशिक रोजगारीका लागि अमेरिका पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

Artha Sarokar

२१ मंसिर २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वैदेशिक रोजगारीका लागि अमेरिका पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाली जिल्ला टिकापुर नगरपालिका वडा नं. १ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. ३२ कोटेश्वर बस्ने २८ वर्षीय रमेश न्यौपाने पक्राउ परेका हुन् ।
उनले गणेश अधिकारीलाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाईदिन्छु, त्यसको लागि प्रतिव्यक्ति ४५ लाख रुपैयाँ लाग्छ भनेका थिए । साथै, अमेरिका पुगेपछि प्रतिष्ठित होटलमा काम लगाईदिने, मासिक ३ लाख रुपैयाँ तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितहरुबाट पटकपटक गरी ६४ लाख ४५ हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भएका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई मङ्सिर २१ गते नयाँ बानेश्वर शिभिल अस्पतालबाट पक्राउ गरेको हो । पक्राउ परेका न्यौपानेलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको प्रहरीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी