×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

Artha Sarokar

२५ मंसिर २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दिया जिल्ला मधुबन नगरपालिका वडा नं. ६ घर भई हाल ललितपुर जिल्ला गोदावरी बस्ने ३० वर्षीय अभिषेक श्रेष्ठ र झापा जिल्ला बिर्तामोड नगरपालिका वडा नं. ४ घर भई हाल काठमाडौं जिल्ला गौरीघाट बस्ने १८ वर्षीय अन्जेश गिरी पक्राउ परेका हुन् ।

उनीहरुले विभिन्न व्यक्तिहरुलाई अमेरिका, साउथ अफ्रिकालगायतका देशमा पठाईदिने भन्दै रकम ठगी गरेका थिए । श्रेष्ठले ८ लाख रुपैयाँ र गिरीले १७ लाख ठगी गरी सम्पर्क विहिन भएका थिए ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले मङ्सिर २२ गते लगनखेल र सिनामंगलबाट पक्राउ परेका हुन् । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी