×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वैदेशिक रोजगारीका लागि दुबई पठाईदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

वैदेशिक रोजगारीका लागि दुबई पठाईदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

Artha Sarokar

५ पुष २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वैदेशिक रोजगारीका लागि दुबई पठाईदिने भन्दै रकम ठगी गर्ने दुई जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ जिल्ला तार्केश्वर नगरपालिका वडा नं. ५ बस्ने ४० वर्षीय नविन खड्का र ३३ वर्षीय चमेली चुहान रहेका छन् ।

उनीहरुले जगत बहादुर बिष्टलाई दुबई पठाईदिने भन्दै ३ लाख रुपैयाँ ठगी गरेका थिए । उनीहरुले पीडितलाई मासिक ६० हजार तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा परेका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पुष ३ गते चमेली चुहानलाई बालाजु र नविन खड्कालाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी