×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कास्कीमा खुला ढिँडो खाने प्रतियोगिता हुँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कास्कीमा खुला ढिँडो खाने प्रतियोगिता हुँदै

Artha Sarokar

१ पुष २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कास्कीको भादौरेमा ढिँडो खाने प्रतियोगिता आयोजना हुने भएको छ । भदौरे क्लब र भदौरे आमा समूहको आयोजनामा अन्नपूर्ण गाउँपालिका २, भदौरेमा खुला ढिँडो खाने प्रतियोगिता हुने भएको हो ।

भदौरेमा हुन लागेको २५औं रजत जयन्ती भदौरे पञ्चासे कोदो महोत्सव, ल्होसार मेलामा उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा सबैभन्दा छिटो ढिडो खानेलाई बिजेता घोषणा गरिने अन्नपूर्ण ४ का वडाध्यक्ष आइन्दल गुरुङले बताएका छन् । उनले भने ‘ढिडो खाने प्रतियोगितामा निश्चित ढिडो राखेका हुन्छौं । जसले छिटो खानुहुन्छ । उहाँलाई नै विजेता घोषणा गरिनेछ र विजेतालाई आकर्षक पुरस्कारको व्यवस्था पनि गरिएको छ ।’

महोत्सवमा ढिडो खाने प्रतियोगितासँगै ७ ए साइड फुटबल प्रतियोगिता, खुला नृत्य, छेलो हान्ने, कुर्ची घुमाई, घैटो फुटाई, रसी तान्ने प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । फुटबलतर्फ विजेतालाई १ लाख र उपविजेतालाई ६० हजारसहित ट्रफी प्रदान गरिने भदौरे क्लबका अध्यक्ष अनिलकुमार गुरुङले जानकारी दिए ।

कृषकलाई प्राथमिकता दिई कृषकहरुलाई उत्प्रेरित गराउने उद्देश्यले कोदोलाई प्राथामिकता दिई मेला आयोजना गरिएको अध्यक्ष गुरुङले बताए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी