काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १४ पैसा र बिक्री दर १३३ रुपैयाँ ७४ पैसा पुगेको छ ।
त्यस्तै, शुक्रबार युरो एकको खरिद दर १४५ रुपैयाँ २८ पैसा र बिक्री दर १४५ रुपैयाँ ९४ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्री दर १६८ रुपैयाँ ९८ पैसा पुगेको छ ।
यता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । अन्य देशको मुद्राको विनिमय दर यस्तोः