काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बैंकको पुष ४ गते बुधबार बसेको संचालक समितिको बैठकले ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । गरिमा विकास बैंकले लाभांश बापत ५१ करोड ८७ लाख ६८ हजार ७०५ रुपैयाँ ७२ पैसा आफ्ना सेयरधनीलाई वितरण गर्नेछ ।
उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीमा वितरण हुनेछ ।
गत वर्ष भने बैंकले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष बैंकले कम लाभांश वितरण गर्ने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्