×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युद्धपछि गाजाको जनजीवनः महँगी र भोकमरी बढ्दै, शहर ‘शहर’ नरहेपछि गाउँ छिर्दै नागरिक… (फोटो-कथा) 

PRIME CA

युद्धपछि गाजाको जनजीवनः महँगी र भोकमरी बढ्दै, शहर ‘शहर’ नरहेपछि गाउँ छिर्दै नागरिक… (फोटो-कथा) 

अर्थ सरोकार

१७ मंसिर २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । प्यालेस्टिनी लडाकु समूह हमास र इजरायलबीचको युद्धका कारण गाजाको जनजीवन कष्टकर बनेको छ । जम्मा ४१ किलोमिटर लम्बाइ र १० किलोमिटर चौडाइ रहेको गाजामा अधिकांश भौतिक संरचना ‘गोलाबारी’का कारण गर्ल्यामगुर्लुम ढलेका छन् । बैंक, विद्यालय, फ्याक्ट्री, कम्पनी, सरकारी भवन सबैसबै युद्धका कारण ध्वस्त बनेका छन् । झन् मानवीय क्षतिको त कुरै नगरौँ । कसैले आफ्ना आमाबुवा गुमाएका छन्, कसले छोराछोरी, कसैले दाजुभाइ त कसैको सम्पूर्ण परिवार नै सिद्धिएको छ । 

अहिले हमासले केही समयका लागि युद्ध विराम गरे पनि युद्धको प्रभाव गाजामा निकै दयनीय छ । घरसँगै नागरिकका सपना ढलेका छन्, विद्यार्थीका भविष्य ओझेलमा परेका छन्, आर्थिक विकास थप १०० वर्ष पछि धकेलिएको छ, आर्थिक संकट, महँगी र भोकमरी व्याप्त छ । युद्ध विरामको मौका छोपी नागरिकहरु खाद्यान्न सञ्चित गर्ने कार्यमा केन्द्रित बनेका छन् भने ठूलो संख्यामा विस्थापित नागरिकहरू आवास खोज्दै हिँडिरहेका देखिन्छन् । 

यसै पनि संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले गाजामा भोकमरीको जोखिम रहने चेतावनी दिएको छ । यसले गाजाको जनजीवन थप बिग्रने अनुमान गरिएको छ । र त्यही युद्धग्रस्त क्षेत्र गाजाको जनजीवनलाई हामीले एजेन्सीका माध्यमबाट तस्वीरमा कैद गर्ने प्रयास गरेका छौँ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: