×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंसिर महिनामा घरजग्गा कारोबार ६० प्रतिशतले बढ्यो 

PRIME CA
GLOBAL IME BANK

मंसिर महिनामा घरजग्गा कारोबार ६० प्रतिशतले बढ्यो 

१ पुष २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । मंसिरमा घरजग्गा कारोबार बढेको छ । कात्तिकको तुलनामा घरजग्गाको कारोबार मंसिरमा ६० प्रतिशतले बढेको हो । मंसिरमा देशभर ४१ हजार ८ सय ५१ संख्यामा घरजग्गा कारोबार भएको छ । कात्तिकमा भने देशभर २६ हजार ४६ संख्यामा मात्रै घरजग्गा कारोबार भएको थियो ।

कात्तिकको तुलनामा मंसिरमा घरजग्गाको कारोबार बढेसँगै राजश्वमा संकलनमा पनि वृद्धि देखिएको छ । मंसिरमा सरकारले घरजग्गा कारोबारबाट दुई अर्ब ८६ करोड रुपैयाँ राजश्व प्राप्त भएको छ ।

जबकी कात्तिकमा सरकारलाई घरजग्गा कारोबारबाट दुई अर्ब १६ करोड रुपैयाँ राजश्व प्राप्त भएको थियो । तर, व्यवसायीहरुले मंसिरमा देखिएको घरजग्गा कारोबारको वृद्धि अपेक्षा अनुसारको नभएको बताएका छन् । असोज महिनामा घरजग्गामा देखिएको कारोबार अनुसार मंसिरमा घरजग्गाको कारोबार बढ्ने अनुमान गरेको भए पनि सो अनुसार कारोबार नभएको व्यवसायीहरुको भनाई छ ।

यद्यपि असोज महिनाको तुलनामा मंसिरमा घरजग्गाको कारोबार केही बढे पनि राजश्व संकलन भने ४२ प्रतिशतले घटेको देखिन्छ ।

असोजमा सरकारलाई घरजग्गा कारोबारबाट चार अर्ब राजश्व प्राप्त भएको थियो । कारोबारमा सुधार देखिए पनि सस्तो जग्गाको कारोबार धेरै हुँदा राजश्वमा दबाब परेको व्यवसायीहरुको भनाई छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: