Skip to content
LAXMI SUNRISE BANK

घोराही सिमेन्टको बोनस सेयर घोषणा

अर्थ सरोकार

काठमाडौँ । घोराही सिमेन्ट इन्डस्ट्रीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले सेयरधनीका लागि घोषणा गरेको बोनस सेयर कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीमा वितरण गरिनेछ । कम्पनीले लाभांश वितरणको प्रस्ताव पुष २८ गते हुने साधारणसभामा पेश गर्नेछ ।

कम्पनीका अनुसार साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ पुष १६ गते बुक क्लोज गरिनेछ । कम्पनीको साधारणसभामा पुष १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरु सहभागी हुन पाउनेछन् ।

साधारणसभामा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचनसमेत हुनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK