काठमाडौँ । घोराही सिमेन्ट इन्डस्ट्रीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीले सेयरधनीका लागि घोषणा गरेको बोनस सेयर कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीमा वितरण गरिनेछ । कम्पनीले लाभांश वितरणको प्रस्ताव पुष २८ गते हुने साधारणसभामा पेश गर्नेछ ।
कम्पनीका अनुसार साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ पुष १६ गते बुक क्लोज गरिनेछ । कम्पनीको साधारणसभामा पुष १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरु सहभागी हुन पाउनेछन् ।
साधारणसभामा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचनसमेत हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्