काठमाडौँ । पाँच लाख घुस रकमसहित पक्राउ परेका वडा अध्यक्ष ताराबहादुर कार्कीले घुसबापत १४ लाख लिइसकेको पाइएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–३ का अध्यक्ष कार्कीले घरबाटो सिफारिस गरिदिने भन्दै स्थानीय राजन उप्रतिसँग १४ लाख लिइसकेको खुलासा भएको हो ।
अध्यक्ष कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पाँच लाख घुससहित यसअघि नै पक्राउ गरिसकेको छ ।
सोही केसमा प्रहरीले गरेको अनुसन्धानबाट अध्यक्ष कार्कीले पटकपटक गरी १४ लाख रुपैयाँ लिइसकेको पाइएको हो । अध्यक्ष कार्कीलाई घर बाटो सिफारिसका लागि आफूले १४ लाख रुपैयाँ बुझाएको पीडित राजन उप्रेतिले दाबी गरेका छन् । अध्यक्ष कार्कीले आफूबाट उक्त रकम लिएको प्रयाप्त प्रमाण आफुसँग भएको पनि पीडित उप्रतिले बताएका छन् ।
घरजग्गा कारोबारी समेत रहेका उप्रतीले आफुसँग घर बाटो सिफारिस गर्नका लागि पटकपटक घुस रकम मागेर हैरान पारेपछि अख्तियार गुहारेको बयान दिएका छन् । हाल अख्तियारले उक्त मुद्दामा थप अध्यक्ष कार्कीमाथि अनुसन्धान गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्