Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आईएमई लघुवित्तले सेयरधनीलाई नगद लाभांश दिने

अर्थ सरोकार

काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांश दिने भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत नगद लाभांश दिने भएको हो ।

लघुवित्तको मङ्सिर २४ गते आइतबार बसेको संचालक समितिको बैठकले कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीमा वितरण हुनेछ ।

लघुवित्तले गत वर्ष १२ प्रतिशत बोनस सेयर र कर सहित ८ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत  लाभांश वितरण गरेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK