Skip to content
LAXMI SUNRISE BANK

मंगलबार २४ सय रुपैयाँले घट्यो सुनको मुल्य

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्यले घटेको छ  । सोमबारको तुलनामा सुनको २४ सय रुपैयाँले घटेको हो ।

सोमबार प्रतितोला १२१६०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, मंगलबार २४ सय रुपैयाँले घटेर ११९२०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य स्थिर रही प्रतितोला ११८६५० रुपैयाँमै कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य प्रतितोला १५०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मूल्य  १ लाख २ हजार १ सय ९५ रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य १ लाख १ हजार ७ सय २५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ८६ रुपैयाँ  कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK