×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

शुक्रबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Artha Sarokar

२२ मंसिर २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको छैठौँ दिन शुक्रबार छापावाला सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो ।

बिहीबार प्रतितोला एक लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २०० रुपैयाँले बढेर एक लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन २०० रुपैयाँले बढेर प्रतितोला एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोला १४६० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मूल्य एक लाख एक हजार ८ सय ५० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य एक लाख एक हजार ३ सय ८० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य एक हजार दुई सय ५२ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी