Skip to content
LAXMI SUNRISE BANK

मंगलबार सात सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार पनि सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको हो ।

सोमबार प्रतितोला एक लाख १७ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ७०० रुपैयाँले घटेर एक लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन ७०० रुपैयाँले घटेर प्रतितोला एक लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोला १४१० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापवाला सुनको मूल्य ९९ हजार ७ सय १० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९९ हजार २ सय ४० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १२०९ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK