काठमाडौँ । ललितपुर महानगरपालिकामा पुष २ गते (सोमबार) देखि स्वास्थ्य बीमा सुरु भएको छ । महानगरको १०५औं स्थापना दिवसको अवसरमा महानगरभित्र स्वास्थ्य बीमा सुरु गरिएको हो ।
दुई जनालाई विद्युतीय कार्ड वितरण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले स्वास्थ्य बीमाको उद्घाटन गरेका हुन् । २०७२ चैत्र २५ गते पहिलो पटक कैलाली जिल्लाबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको हो । त्यसलगत्तै यो कार्यक्रम देशभर लागु गरिएको हो ।
स्वास्थ्य बीमा कसरी गर्ने ?
स्वास्थ्य बीमा कार्यक्रम सामाजिक सुरक्षा अन्र्तगतको कार्यक्रम हो । ५ जना सदस्य भएका प्रति परिवारले वार्षिक ३ हजार ५ सय रुपैयाँ, ६ देखि ७ जना सदस्य भएका प्रतिपरिवारले वार्षिक ४ हजार ७ सय र १० जना सदस्य भएका प्रतिपरिवारले वार्षिक ७ हजार रुपैयाँमा स्वास्थ्य बीमा गर्न सक्दछन् ।
स्वास्थ्य बीमा गरेका परिवारका सदस्यले वार्षिक १ लाख बराबरको निःशुल्क उपचार सेवा पाउने गर्दछन् । उक्त सुविधा देशभरका नीजि र सरकारी गरेर ४ सय ६६ स्वास्थ्य संस्थाबाट लिन सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्