काठमाडौँ । हिमालय रि इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगारीमा रहेको नेपालका लागि खुला गरेको आईपीओमा आवेदन दिने आज (मंसिर १८ गते) अन्तिम दिन हो । आवेदन दिने अन्तिम दिन लगानीकर्ताले कार्यालय समयभित्र कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले पहिलो चरणमा विदेशमा रहेको नेपालीका लागि ३० लाख कित्ता, कम्पनीमा कार्यरत कर्मचारीका लागि ६ लाख कित्ता र सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता सेयर निष्कासन गरेको हो ।
हालसम्म कम्पनीको आईपीओमा विदेशमा रहेका २८ हजार ४७९ जनाले ३४ लाख ८२ हजार ९०० कित्ताका लागि आवेदन दिएका छन् । यो कम्पनीको माग भन्दा १.१६ गुणा धेरै भएको सिडिएससीले जनाएको छ ।
आइपिओ निष्कासनका लागि कम्पनीले इक्राएनपी इस्यूअर रेटिङ ए पाएको थियो । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता सुरक्षित रहेको संकेत गर्छ ।
हिमालयन रिको आईपीओमा आवेदन दिन चाहने लगानीकर्ताले सीआस्वा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्