×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंसिर २७ गतेदेखि हिमालयन रिले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

PRIME CA

मंसिर २७ गतेदेखि हिमालयन रिले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

२१ मंसिर २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सले मंसिर २७ गतदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी कुल २०६ रुपैयाँ प्रिमियम मूल्यमा २ करोड ४९ लाख कित्ता सेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीलाई नियामक नेपाल धितोपत्र बोर्डले जारी पुँजीको १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि स्वीकृति दिएको थियो । जसमध्ये कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३० लाख कित्ता सेयर निष्कासन गरिसकेको छ । जसमध्ये २ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात १५ लाख कित्ता सामूहिक लगानीकोषलाई बाँडफाँट भएको छ ।

कम्पनीले २७ मंसिरदेखि जारी गर्ने आईपीओमा लगानकिर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सकनेछन् ।

कम्पनीओ आईपीओमा आवेदन दिन इच्छुक लगानीकर्ताले सीआस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासनका लागि रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर ए’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित रहेको जनाउँछ ।

कम्पनीओ आईपीओमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । यसमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीका अनुसार सो अवधिमा सबै सेयर बिक्री नभएमा पुस ११ गतेसम्म आवेदन दिन सकिनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: