×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन रिको आईपीओमा आजदेखि आवेदन दिन सकिने 

PRIME CA

हिमालयन रिको आईपीओमा आजदेखि आवेदन दिन सकिने 

२७ मंसिर २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । हिमालयन रि–इन्स्योरेन्सले सर्वसाधारणका लागि आईपीओ जारी गरेको छ । कम्पनीले २७ मंसिर (बुधबार)देखि सर्वसाधारणका लागि प्रिमियम मूल्यमा आईपीओ जारी गरेको हो । कम्पनीको आईपीओमा २७ मंसिरदेखि पुष १ गतेसम्म आवेदन दिन सकिनेछ । 

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरले आईपीओ जारी गरेको हो । कम्पनीले सर्वसाधारणका लागि २ करोड ४९ लाख कित्ता सेयर निष्कासन गरेको छ । जसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म लागि आवेदन दिन सक्नेछन् । आवेदन सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था वा मेरो सेयरबाट पनि दिन सकिनेछ । 

बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको उक्त आईपीओ निष्कासनका लागि रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर ए’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित रहेको जनाउँछ । 

कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३० लाख कित्ता सेयर निष्कासन गरिसकेको छ । जसमध्ये २ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात १५ लाख कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड भएको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: