×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन रिको आईपीओमा आवेदन दिने समय थप

PRIME CA

हिमालयन रिको आईपीओमा आवेदन दिने समय थप

१ पुष २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । हिमालयन रि–इन्स्योरेन्सको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । २७ मंसिरदेखि सर्वसाधारणका लागि खुला गरिएको आईपीओमा पूर्णै आवेदन नपरेपछि कम्पनीले आईपीओमा आवेदन दिने समय थप गरेको हो । योसँगै कम्पनीको आईपीओ ढिलोमा पुष ११ गतेसम्म खुला रहनेछ ।

यद्यपि कम्पनीले आईपीओमा आवेदन दिन पुष ११ गतेसम्म समय थप गरे पनि सो अगावै आवश्यक संख्यामा आवेदन परे बीचमै आवेदन लिने कार्य बन्द हुनेछ ।

कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको २ करोड ४९ लाख कित्ता सेयरमा शनिबारसम्म ११ लाख ५६ हजार ४ सय ३४ जनाले २ करोड ८ लाख ९५ हजार ७ सय ६० कित्ताको लागि आवेदन दिएका छन् । अब करिब ४१ लाख कित्ताका लागि आवेदन परेपछि आईपीओमा आवेदन लिने कार्य बन्द हुनेछ ।

कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रुपैयाँका दरले आईपीओ जारी गरेको हो । कम्पनीले जारी गरेको उक्त आईपीओको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्कासनका लागि कम्पनीले इक्रा नेपालबाट ‘इक्राएनपी इस्यूअर रेटिङ ए’ पाएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता सुरक्षित रहेको देखाउँछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: