×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइसीएफसी फाइनान्सले सेयरधनीलाई ६.५० प्रतिशत नगद लाभांश दिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

आइसीएफसी फाइनान्सले सेयरधनीलाई ६.५० प्रतिशत नगद लाभांश दिने

Artha Sarokar

२४ मंसिर २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आइसीएफसी फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई नगद लाभांश दिने भएको छ । फाइनान्सले सेयरधनीहरुलाई कर सहित ६.५० प्रतिशत नगद लाभांश दिने भएको हो ।

कम्पनीको मङ्सिर २२ गते शुक्रबार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्त्ता पुँजीको ६.५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र फाइनान्सको आगामी साधारणसभाले पारित मात्र सेयरधनीमा वितरण हुनेछ ।

गत वर्ष कम्पनीले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद  गरी कुल १० प्रतिशत लाभांश वितरण गरेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी