×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आईपीओमा १० कित्ते नीति हटाउने धितोपत्र बोर्डको तयारी !  

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

आईपीओमा १० कित्ते नीति हटाउने धितोपत्र बोर्डको तयारी !  

Artha Sarokar

२५ मंसिर २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नियामक नेपाल धितोपत्र बोर्डले आईपीओमा १० कित्ते नीति हटाउने तयारी गरेको छ । बोर्डले साधारण सेयर बाँडफाँड गर्दा न्यूनतम १० कित्ता सेयर पार्नुपर्ने नीति हटाउने तयारी गरेको हो । 

आईपीओमा १० कित्ते नीति परिमार्जनका लागि बोर्डले आइक्यानका उपाध्यक्ष डा. प्रविण कुमार झाको संयोजकत्वमा अध्ययन समितिसमेत गठन गरेको छ । 

झा संयोजक रहेको उक्त समितिमा बोर्डका स्वतन्त्र सञ्चालक भोलानाथ ढुंगाना, बोर्ड व्यवस्थापन समूहका सदस्य मुक्तिनाथ श्रेष्ठ र अम्बिकाप्रसाद गिरी रहेका छन् । 

उक्त समितिले १० कित्ते नीतिको राम्रा वा नराम्रा दुवै पक्षको अध्ययन गर्नेछ । साथै, १० कित्ते नीतिको प्रभावकारिताका विषयमा पनि अध्ययन गरी परिमार्जनका लागि बोर्डमा सिफारिस गर्नेछ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी