काठमाडौं । जनकपुरधाममा विवाहपञ्चमी महोत्सव मंगलबारबाट सुरु भएको छ । सिताराम विवाह पञ्चमी महोत्सवअन्तर्गत जनकपुरधाममा सप्ताहव्यापी कार्यक्रमले रौनकता बढाएको छ । विवाह पञ्चमी महोत्सवका लागि जनकपुरको जानकी मन्दिर झिलिमिली पारिएको छ ।
त्रेता युगमा जनकपुरका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच भएको भनिएको बिहेको सम्झनास्वरूप हरेक वर्ष जनकपुरधाममा सिताराम विवाह उत्सव मनाइन्छ । बाँकी तस्विरमा हेर्नुहोस् :