×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले मङ्सिर २५ गते सोमबारदेखि ५ लाख ९ हजार ८ सय ९२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रिय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

सो अवधिमा संस्थापक सेयरधनीबाट सेयर खरिद गर्न आवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: