Skip to content
LAXMI SUNRISE BANK

सबैभन्दा धेरै डिजिटल कारोबार गर्ने भुक्तानी सेवा प्रदायकको रुपमा खल्ती सम्मानित

अर्थ सरोकार

काठमाडौं । राष्ट्रिय क्लिअरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले १५ औं वार्षिकोत्सवको अवसरमा डिजिटल वालेट खल्तीलाई सबैभन्दा धेरै डिजिटल कारोबार गर्ने भुक्तानी सेवा प्रदायक (पीएसपी) को रुपमा सम्मानित गरेको छ ।

तत्काल सुरक्षित, र भरपर्दो अनलाइन भुक्तानी सेवाहरु प्रदान गर्ने प्रतिबद्धताका लागि परिचित खल्ती नेपालको डिजिटल भुक्तानी परिदृश्यमा अग्रणी संस्थाको रूपमा देखा परेको छ। मोबाइल रिचार्ज, बिल भुक्तान, र टिकट बुकिङसहित सेवाहरूको विस्तृत श्रृंखलाको साथ, खल्तीले देशमा वित्तीय समावेशीकरणलाई बढावा दिन अग्रणी भूमिका निर्वाह गरिरहेको दावी गरेको छ ।

खल्ती डिजिटल वाल्लेटले पछिल्लो समय मुभी/इभेन्ट टिकेटिङ, क्यापिटल मार्केटको भुक्तानी, विभिन्न सरकारी सेवाहरुको भुक्तानीमा समेत अब्बल रुपमा काम गर्दै आहिरहेको छ ।

सम्मान प्रति कृतज्ञता ज्ञापन गर्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनाय खड्काले भने ‘नेपालमा वित्तीय समावेशीकरण सिर्जना गर्ने भिजनका साथ सुरू गरिएको खल्ती डिजिटल वालेटले अझै नबिनतम सेवा तथा सुबिधाहरु ल्याई निर्बाध डिजिटल भुक्तानीका समाधानहरू प्रदान गर्ने छौँ ।’

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK