×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश छोड्ने लर्को, कोरियन भाषामा आवेदन अहिलेसम्मकै चर्को !

PRIME CA
GLOBAL IME BANK

देश छोड्ने लर्को, कोरियन भाषामा आवेदन अहिलेसम्मकै चर्को !

६ पुष २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । कोरियन भाषा परीक्षा (इपीएस)को लागि अहिलेसम्मकै सबैभन्दा धेरै आवेदन परेको छ । वैदेशिक रोजगार विभागका इपीएस शाखा प्रमुख गुरुदत्त सुवेदीका अनुसार शुक्रबार एक लाख २५ हजार भन्दा धेरैले कोरियन भाषा परीक्षा (इपीएस)को लागि आवेदन दिएका हुन् ।

तीन वर्षयता अनलाइनमार्फत इपीएसको फारम भर्न सकिने सुविधा उपलब्ध भएपछि आवेदन दिनेको संख्या यसपाली अहिलेसम्मकै उच्च रहेको इपीएस शाखाले जनाएको छ ।

गत साउनमा भएको इपीएसको परीक्षामा अनुर्तिण भएकाहरु पनि सहभागी हुन पाउने भएपछि यसपाली इपीएसको परीक्षाको लागि आवेदन दिनेको संख्या बढेको हो । इपीएसको परीक्षामा सहभागी हुनका लागि आवेदन दिने समय शुक्रबार बेलुका १२ बजेसम्म रहेको छ । यसअवधिमा आवेदन दिनेको संख्या थप बढ्ने देखिएको छ ।

दक्षिण कोरियाले सन् २०२४ मा नेपालबाट १५ हजार ८ सय ४८ जना नेपालीहरुलाई रोजगारीका लागि उत्पादनमुलक क्षेत्रमा लैजानेछ । तर, हालसम्म आवेदनको परीक्षा मिति भने तोकिएको छैन ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: