Skip to content
LAXMI SUNRISE BANK

लघुवित्त बैंकर्स संघको नयाँ कार्यसमिति चयन

अर्थ सरोकार

काठमाडौँ । लघुवित्त बैंकर्स संघको नयाँ कार्यसमिति चयन भएको छ । संघको शुक्रबार सम्पन्न साधारणसभाले राम बहादुर यादवको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको नयाँ कार्यसमितिमा अध्यक्ष राम बहादुर यादव, उपाध्यक्ष रामहरि दाहाल, महासचिवमा सञ्जय मण्डल, सचिवमा गंगाधर पाण्डे र कोषाध्यक्षमा विनोद आचार्य चयन भएका छन् ।

त्यस्तै, संघको सदस्यमा शिव ज्ञवाली, सुरेश बहादुर बम, सौगात चौधरी, श्याम कटुवाल, सरदा खत्री र बद्रि दुलाल चयन भएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK